जनता टाइम्स

११ चैत्र २०७९, शनिबार १२:५१

क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहिन भएपछि…


​​​​​​​काठमाडौं, ११ चैत । नेपाल कमर्स क्याम्पसमा स्ववियु चुनाव निर्धारित समयभन्दा सारिएको छ । आज मिति तय भए पनि मतदान गर्ने समयमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहिन भएपछि समय सारिएको हो ।

क्याम्पस प्रमुख प्राध्यापक धुवप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन भएपछि चुनावी प्रक्रिया अघि बढ्न सकेको थिएन ।

निर्वाचन अधिकृत बस्नेतले ११ः३० देखि ५ः३० सम्मको लागि मतदान समय तोकिएको सूचना निकालेका छन् । ८ बजेदेखि ४ बजेसम्म हुने भनिएको मतदान प्राविधिक कारण रोकिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । क्याम्पसमा चुनाव हुनुपर्ने माग गदै नेविसंघले आन्दोलन गरेको थियो ।