जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार ०८:१६

राष्ट्रपति पौडेल गोरखा जाँदै


काठमाडौं, १२ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै हुनुहुन्छ । राष्ट्रपति बनेपछि उहाँ पहिलो पटक काठमाडौं बाहिर जान लाग्नुभएको हो ।

उहाँ बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानुहुने छ । उहाँको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।