जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १४:३८

संसद बैठक, कोशी प्रदेशमा भएको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण


काठमाडौं, १२ चैत । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उहाँले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताउनुभयो ।

आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उहाँले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गर्नुभयो ।