जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १५:३१

संसदमा प्रभु साहको प्रश्न- तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ?


काठमाडौं, १२ चैत । प्रतिनिधिसभा सदस्य प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै प्रश्न गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा उहाँले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानुनको कभरमा ब्रह्मलुट भइरहेको आरोप लगाउनुभयो ।

भन्सार ऐन र नियमावलीअनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ प्रतिशत कमिसन दिने व्यवस्थालाई दुरुपयोग गरेर ब्रह्मलुट मच्चाइरहेको भन्दै उनले प्रश्न गरे–यो ४५ प्रतिशत कमिसन कसले खाइरहेको छ ? जनतालाई समात्ने अधिकार नरहेको अवस्था ४५ प्रतिशत कमिसन कसले खाइरहेको हो यसबारे संसदनलाई जानकारी गराउनु पर्ने उहाँको माग छ ।