जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १८:२०

बुबाको हत्या आरोपमा छोरा पक्राउ


कपिलवस्तु, १२ चैत । आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।