जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १८:५३

एकैदिन १६ जनामा कोरोना संक्रमण


काठमाडौं, १२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

२७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा दुई जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा १५ हजार ५५९ जना कोरोनाभाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ४२ रहेको छ ।