जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १२:३९

मेयर बालेन शाहविरुद्ध प्रदर्शन


काठमाडौं, १३ फागनु । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह) विरुद्ध आज प्रदर्शन भएको छ । सुकुम्वासीलाई उठिबास लगाउन लागेका भन्दै मेयर बालेनविरुद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन भएको हो ।

काठमाडौं महानगरपालिकाले नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउन उर्दी जारी गरेपछि उनीहरु आन्दोलित हुँदै आएका छन् । आन्दोलनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई लालपूर्जा दिनुपर्ने लगायतका मागसहित सोमबार पनि उनीहरुले प्रदर्शन गरेका हुन् ।