जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १४:३६

कुटपिट गरेको आरोपमा कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी


काठमाडौं, १३ चैत । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रहरीको महाराजगञ्ज वृत्तमा उनीमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिनुभएको हो । शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका तीन जनाले कुटपिट गरेको चर्चित टिकटकर रिदम क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो,’पल शाहको बारेमा बोलेको भन्दै दुर्गेशसहित तीन जनाले मलाई एक्कासि हातपात गरे । मेरो तीन तोला सिक्रीसमेत हराएको छ । सिक्री रकमसहित भराइपाउँ भनेर मैले उजुरी दिएको हो ।’ वृत्तका डीएसपी अंगुर जीसीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको बताउनुभयो । यसअघि पनि कलाकार दुर्गेश थापा विवादमा पर्दै आएका थिए ।