जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १८:१२

मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध (फोटो फिचर)


काठमाडौं, १३ चैत । महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित आज काठमाडौं आइपुग्नुभएको छ । २ चैतबाट बर्दिबासबाट हिँडेका उहाँहरु आज अपरान्ह काठमाडौं आइपुग्नुभएको हो । काठमाडौं आइपुगेका उहाँहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गर्नुभयो ।

त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ ।

उनीहरु आउनुअघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरुलाई रोकेको हो । ‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिनुभएको हो ।