जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार ०८:३६

नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने


काठमाडौं, १४ चैत । नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ुशिव दाईु नामको पोडकास्ट सञ्चालन गर्ने हुनु भएको छ ।

नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताउनुभएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरी कार्यक्रम सञ्चालनको तयारी गर्नु भएको हो ।

उहाँले आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाउनुभएको छ भने विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उहाँले कार्यक्रम सञ्चालन गर्नुहुनेछ ।

नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत ३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो ।

फिल्मी कर्ममा आफ्नो ४१ वर्ष बिताउनुभएका श्रेष्ठले आफ्नो कार्यक्रममार्फत फिल्म लाइनका ४१ बर्षको अनुभव सेयर गर्नुहुनेछ । उहाँले प्रोमोमा भनेका भावुक हुदै भन्नुभएको छ , ‘आज मैले रोकेर आफुलाई रोक्न सकिन । मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झीन सकुँ ।’

उहाँले आफ्नो कार्यक्रम मार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताउनुभएको छ । उहाँले एक औपचारिक कार्यक्रममार्फत कार्यक्रमको औपचारिक घोषणा गर्नु हुनेछ ।