जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार १९:३८

गठबन्धन बैठकमा प्रधानमन्त्रीले पेश गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा


काठमाडौं, १४ चैत । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गर्नुभएको हो । उक्त मस्यौदामा भोली छलफल हुने आज बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताउनुभयो ।

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको र भोलि त्यसमा छलफल हुने उहाँले बताउनुभयो । न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताउनुभयो ।