जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार ०७:३२

चैत १८ बाट रसुवागढी–केरुङ नाका पूर्ण सञ्चालनमा


काठमाडौं, १६ चैत । रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र मानिसको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बुधवारको पहिलो बैठकमा सो सहमति भएको हो ।

सन् २०२३ अप्रिल १ ९चैत १८ गते० देखि रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ ९२०८० वैशाख १८ गते० देखि खुला हुनेछ ।

संयन्त्रको बैठक बुधवार बिहान जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको हो । बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सञ्चालन गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो ।