जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार १७:४६

राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन राजेन्द्र लिङ्देनको चुनौती


काठमाडौं, १६ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिनुभएको छ । आज सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उहाँले राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुृक जलाउन चुनौती दिनुभएको हो ।

मिटरब्याजी पीडित काठमाडौं आएर न्यायका लागि संघर्ष गरिरहेका बेला उहाँले सत्ताको नेतृत्वमा रहेकालाई मिटरब्याजीको तमसुक राजाले जस्तै जलाउन चुनौती दिनुभएको हो । तमसुक व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र हो भन्ने भाष्य निर्माण गर्नेहरू नै अहिले राज्यसत्ताको नेतृत्वमा रहेको भन्दै उहाँले राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक जलाउन (खारेज) गर्न तयार छन् भन्दै प्रश्न गर्नुभयो ।

आज ट्वीटरमा आफूले सेयर गरेको भिडिओ हेर्न आग्रह गर्दै उहाँले लेख्नुभएको छ,‘तमसुक (मिटरब्याज) व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र हो भन्ने भाष्य निर्माण गर्नेहरू नै राज्यसत्ताको नेतृत्वमा छन् । के राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक ९कागजात० जलाउन (खारेज) गर्न तयार छन् ?’