जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार ११:१०

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै


सुर्खेत, १७ चैत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट शुक्रबार विश्वासको मत लिँदै हुनुहुन्छ ।

सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिन लाग्नु भएको हो ।

एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा गत २७ पुसमा शर्मा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।