जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार १२:५२

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


भक्तपुर, १७ चैत । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ ।

आज बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका उहाँको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

जगातीबाट साँगा तर्फ जाँदै गर्दा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल महत आफैंले चलाउनुभएको थियो ।