काठमाडौं, १७ चैत । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच आज भएको दोस्रो चरणको वार्ता सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे छलफल भए पनि सहमति जुट्न नसकेको हो ।
पीडितका तर्फबाट वार्ता समितिका सदस्य समेत रहेका नेसपाका नेता रामरिझन यादवका अनुसार सरकारी वार्ता टोलीले मागबारे प्रधानमन्त्रीसँग छलफल गरेर पुनः वार्तामा बस्ने गरी सकिएको छ ।
उहाँले भन्नुभयो,‘आज पीडितले अघि सारेका मागबारे छलफल भयो, सरकारी टोलीले मागका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गरेपछि पुन शनिवार बस्ने गरी आजको छलफल सकिएको छ ।’ मिटरब्याजी पीडितहरू १० दिन पैदल हिँडेर चार दिनअघि यहाँ आएका थिए ।
प्रतिक्रिया दिनुहोस्