काठमाडौं, १७ चैत । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै सीके राउतले ट्वीट गर्दै यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।
आजै जनमत पार्टीबाट सरकारमा खानेपानी मन्त्रीको भूमिकामा रहेका अब्दुल खानले राजीनामा दिनुभएको थियो । खानलाई बधाई दिँदै उहाँले लेख्नुभएको छ, ‘मा.अब्दुल खानलाई धेरै-धेरै बधाई छ, उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि, जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन ।’
अध्यक्ष राउतले आफूहरु जनताको सेवक रहेको पनि बताउनुभयो । उहाँ लेख्नुहुन्छ, ‘जनतासँग गरेको बाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको बाचा पूरा गर्न सकिएन भने टाँसिरहनुको औचित्य हुँदैन ।’
प्रतिक्रिया दिनुहोस्