जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार ०९:३८

छोराको शुल्क तिर्न आमाको तिलहरी धितो


धनगढी, १८ चैत । भनिन्छ – आमा महान् हुन् । कोहलपुर– २, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाउनुभएको छ । उहाँले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राख्नुभएको छ । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उहाँले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिर्नुभएको हो ।

कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राख्नुभएको छ । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,ु उनले भनिन्, ुशुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन । अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ।’

शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाउनुभएको थियो । तर गाउँमा मान्छे मरेकाले उहाँले सोचेअनुसार हुन सकेन । उहाँले भन्नुभयो , ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन । खसी विक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ ।’

उहाँका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरका विद्यार्थी हुनुहुन्छ । एउटा छोरा नवीनबहादुरको स्वास्थ्य अवस्था कमजोर छ । कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि अर्का छोरा पृथीवहादुरले भने एसइई दिन पाउने हुनुभएको छ ।

ुविद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,ु उहाँले भन्नुभयो, ‘तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ ।’ अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उहाँले बताउनुभयो । यो समाचार नागरिक दैनिकमा छ ।