जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार १७:४२

अब कांग्रेसमा फर्किन्न : स्वर्णिम वाग्ले


काठमाडौं, १४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताउनुभएको छ । रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कथमकदाचित चुनाव हारे पनि रास्वपा नछाड्ने बताउनुभएको हो ।

‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ । म फेरि नेपाली कांग्रेसमा फर्किन्न । मेरो पछाडि फर्किने बानी छैन । गण्डकी प्रदेशको पानी खाएको छु,’ उहाँले भन्नुभयो । यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्न आवश्यक रहेको उहाँको भनाइ छ ।