जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार १८:२४

कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ


धनगढी, १८ चैत । कैलालीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका–७ चर्राका २३ वर्षीय इन्द्रबहादुर कठरिया लागूऔषधसहित पक्राउ परेका हुन् ।

शुक्रबार इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले ३३ ग्राम लागूऔषधसहित कठरियालाई पक्राउ गरेको छ । उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।