काठमाडौं, १९ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको छ । पीडितहरुको स्वास्थ्य अवस्था परीक्षण भइरहेको स्थल अनामनगरमा पुगेर उहाँले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
यही १३ चैतदेखि काठमाडौंमा न्यायका लागि संघर्षरत उनीहरुको उपचारमा कमी हुन नदिन उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्