काठमाडौं, १९ चैत । समाजसेवा, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्याएकी स्वर्गीय सावित्री साहुको स्मृतिमा उहाँका श्रीमान्ले दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको मातहतमा रहने गरी स्वास्थ्यकर्मीसमेत कमल सिंह साहुले दुई लाखको अक्षयकोषका लागि रकम प्रदान गर्नुभएको छ ।
अमेरिकामा रहेका तीर्थराज पाण्डेयले स्वर्गीय पिता लक्ष्मीदत्त पाण्डेयको स्मृतिमा स्वर्गीय सावित्री साहुलाई मरणोपरान्त १ लाख २५ हजार राशिको पुरस्कार प्रदान गरेकोमा उहाँका श्रीमान् कमलले ७५ हजार थप्दै दुई लाखको अक्ष्यकोष स्थापना गर्नुभएको हो ।
साहित्य समाजद्वारा आयोजित विश्व नेपाली नारी साहित्य मोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले साहुलाई १ लाख २५ हजारको पुरस्कार प्रदान गर्नुभएको थियो । साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयका अनुसार अब उक्त कोषको व्याजबाट आउने २५ हजार रुपैयाँको पुरस्कार प्रत्येक वर्ष नारी श्रष्टालाई प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्