जनता टाइम्स

१९ चैत्र २०७९, आईतवार १८:२२

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित


काठमाडौं, १९ चैत । प्रतिनिधिसभा नियमावली मस्यौदा २०७९ पारित भएको छ । मस्यौदा समिति सदस्य रमेश लेखकले पेश गरेको मस्यौदा प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो । सत्तारुढ दलले सभामुखलाई कस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक नियमित राख्ने संशोधन प्रस्ताव फिर्ता लिएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत दलका सांसदले सभामुखको अधिकारलाई कार्यव्यवस्था परामर्श समितिमा ल्याउने प्रस्ताव राखेका थिए । प्रतिनिधिसभा नियमावली बनाउन राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको नेतृत्वमा समिति गठन भएको थियो । नियमावली पारित भएसँगै संसदीय समिति गठन प्रक्रियाको बाटो खुलेको छ ।