जनता टाइम्स

१९ चैत्र २०७९, आईतवार १८:३४

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन


काठमाडौं, १९ चैत । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वोच्च अदालतमा दिनुभएको छ । लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आज रिट निवेदन दिएको पौडेलले जानकारी दिनुभयो ।

उहाँले राहदानी दुरुपयोगको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताउनुभयो ।

‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दिएको छु,’ पौडेलले भन्नुभयो, ‘भोलि या पर्सीसम्ममा रिट दर्ता होला ।’