जनता टाइम्स

२० चैत्र २०७९, सोमबार १७:४८

‘नो नट अगेन’ भन्नेहरूको पनि देखियो : गगन


काठमाडौं, २० चैत । तनहुँमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘नो नट अगेन’ भन्नेहरूको पनि देखिएको बताउनुभएको छ । आज तनहुँ क्षेत्र नम्बर–१ का उम्मेदवार गोविन्दराज भट्टराईको उम्मेद्वारी दर्ताको क्रममा महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै पुराना पार्टीहरु खराब भए ‘नो नट अगेन’ भन्नेहरूको पनि देखिएको टिप्पणी गर्नुभएको हो ।

उहाँले भट्टराई रैथाने भएकाले मतदाताले जिताउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले माओवादी, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनको साझा उम्मेदवारको जित निश्चित भएको भन्दै थापाले भन्नुभयो, ‘यो निर्वाचनको बेलामा एउटा नयाँ गीत पनि आउँछ पुराना पार्टीहरूले काम गर्दैन नयाँ पार्टी चाहिन्छ भन्छन् ।

केही समयअघि चितवन, तनहुँ, पोखरा, काठमाडौंलगायत ठाउँ–ठाउँमा सुन्यौं । नेपालका पुराना पार्टीहरू खराब भए नो नट अगेन । पुराना नेताहरू निर्वाचित गराउन हुँदैन । हामी नयाँ हौं, सबै कुरा नयाँ ढंगबाट गर्छौं । हामीले सुन्यौं । जनताले पत्याउनु पनि भयो । पहिलो पटकमै २० औं सीट जितेर साथीहरू संसदमा आइपुग्नुभयो । उहाँको पनि देखियो ।’

उहाँले केन्द्रमा कांग्रेस माओवादीको सरकार बनेकाले चाहेअनुसारको विकास निर्माणको काम गर्न सकिने बताउनुभयो । उहाँले थप्नुभयो,‘केन्द्रमा हाम्रो सरकार छ । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता सुरेन्द्र पाण्डे नेतृत्वको सरकार बन्दैछ । केन्द्रमा कांग्रेस माओवादी मिलेर बनेको सरकार कहिँ जाँदैन । तपाईहरुको विकासको आकांक्षा छ । त्यो सरकारले पूरा गर्छ । यो बेलामा नमिलेको र बिग्रेको कुरा केही छैन ।’

आफू पनि धेरै गठबन्धनवाल राजनीतिको पक्षमा नभएको उल्लेख गर्दै जनताको बीचमा राजनीतिक दलले निर्णय गरेर गइसकेपछि त्यसमा इमान्दारितापूर्वक उभिन सक्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो,‘यहाँ घुम्दैघुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईंले भन्नुपर्छ, यहाँको नेपाली कांग्रेस चोकमा राखेको मादल जस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने होइन ।’