जनता टाइम्स

२३ चैत्र २०७९, बिहीबार १३:३७

सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान


काठमाडौं, २३ चैत । प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिनुभयो ।

अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने सभामुख घिमिरेले बताउनुभयो ।

‘आकस्मिक समयमा तीन मिनेट समय उपलब्ध गराउने गरी नियमावली बनाइएको छ । यो समयमा अघिल्लो बैठकबाट यो बैठकसम्मका जरुरी घटनाका विषयमा धारणा राख्न पाइनेछ,’ सभामुख घिमिरेले भन्नुभयो ।