जनता टाइम्स

२३ चैत्र २०७९, बिहीबार १५:१६

बञ्चरेडाँडामा अव्यवस्थित रुप फोहोर फ्याल्न रोक लगाउन माग


काठमाडौं, २३ चैत । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न रोक लगाउन माग गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालिएकाले यसलाई रोक्न माग गर्नुभएको हो ।

बन्चरेडाँडामा फोहोरको व्यवस्थापनबारे अनुगमन गर्न संसदीय टोलीलाई बन्चरेडाँडा पठाउनुपर्ने बताउनुभएको उहाँले बन्चरेडाँडामा व्यवस्थित रुपमा फोहोर फाल्न ल्याण्डफिल साइट बनाएको स्मरण गराउनुभयो । सिसडोलमा फ्यालिएजस्तै बन्चरेडाँडामा पनि फोहोर फ्याल्न थालिएकाले स्थानीयलाई बस्नसमेत नसकिने अवस्था सृजना भएको उहाँको भनाइ छ ।