कालिकोट, २४ चैत्र । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले काठमाडौ बसेर अब जिल्लाको नेता हुन नसक्ने बताउनुभयो । जुम्लामा आयोजित नेकपा एमाले कर्णाली प्रदेशस्तरिय प्रचार भेलामा बोल्दै अध्यक्ष वस्नेतले जिल्लाको नेता काठमाडौमा बसेर जनताको नेता हुन नसक्ने बताउनुभएको हो ।
अब नेता सधैको लागि गाउँ वस्तिमा बस्न सके जनताका दुख सुखका बिषयमा खटिय मात्र नेत हुन सक्ने दावी गर्नुभयो । कतिपय पार्टीका केन्द्रीय सदस्य काठमाडौमा बसिरहने गाउँमा नजानुले सोचे जस्तो परिणाम आउन नसकेको बताउनुभयो । अब मिशन ग्रासरूटमा पार्टी संगै प्रेस चौतारी घनिभुत रूपमा लागि परेको समेत बताउनुभयो ।
अब प्रेस चौतारी नेपाल र पार्टी बिचको समन्वय निरन्तर रहेको दावी गर्नुभयो । भेला प्रदेश प्रचार तथा प्रकाशन विभागका अध्यक्ष सुर्यमणी गौतमको अध्यक्षता, प्रचार विभाग प्रमुख तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङको प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेश सह इन्चार्ज गोरख वोगटी , नेता बिस्नु रिजालको केन्द्रीय सदस्य नगेन्द्र शाही नेशनलको आतिथ्यतामा भेला उद्घाटन गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्