जनता टाइम्स

२४ चैत्र २०७९, शुक्रबार १४:०७

कोशीको आन्दोलनमा मृत्यु भएका लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय


काठमाडौं, २४ चैत । सरकारले कोसी प्रदेश नामकरणको विरोधको आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरिएको हो ।

मन्त्रिपरिषद्ले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति समेत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।