जनता टाइम्स

२४ चैत्र २०७९, शुक्रबार १९:३१

नेपालमा ९९ कोरोना संक्रमित थपिए


काठमाडौं, २४ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । आज २६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ । आजसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये चार जना आइसीयु तथा एक जना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।