जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार १२:४५

१० वर्षपछि अखिल नेपाल महिला संघको सातौं महाधिवेशन आजदेखि हुँदै


काठमाडौं, २५ चैत । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघको सातौं महाधिवेशन आजदेखि हुँदैछ । आजदेखि काठमाडौँमा हुने संघको महाधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको हो ।

२०६९ सालमा भएको छैटौं महाधिवेशनले विद्या भण्डारीलाई अध्यक्ष निर्वाचित गरेपछि हालसम्म महाधिवेशन हुन सकेको थिएन । १० वर्षपछि हुन लागेको महाधिवेशनमा एमालेका नेतृहरुले नेतृत्वका लागि दाबी गर्नुभएको छ ।

स्रोतका अनुसार अध्यक्ष थममाया थापा र टुका हमालको दाबी रहेको छ । यस्तै महासचिवमा सुजिता शाक्य, गौरी ओली र शर्मीला कार्कीले पनि दाबी गर्नुभएको छ । १७ पदाधिकारीका लागि संघमा करिब ८० जनाले दाबी गरेको बताइएको छ ।