जापान चैत २६ । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने हुनुभएको छ । एनआरएनए जापानको आसन्न नेतृत्वका लागि श्रेष्ठले उम्मेदवारी दिने पक्का भएको हो ।
विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आउनु भएका श्रेष्ठले एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनु भयो । बाग्लुङ समाज जापानको अध्यक्ष भइसक्नु भएका श्रेष्ठ एनआरएनए जापानको सल्लाहकार, मानर्थ सदस्य, प्रवक्ता हुँदै अहिले महासचिव पदमा कार्यरत हुनुहुन्छ ।
एनआरएनको अन्तराष्ट्रिय अभियानमा श्रेष्ठ सुशासनको क्षेत्रमा काम गर्ने नेताको रुपमा चिनिनुहुन्छ । प्रवक्ता रहदा एनआरएनए जापानमा भएको करोडौ भ्रष्टाचारबिरूद्ध उहाँले आवाज उठाउनु भएको थियो ।सो भ्रष्टाचारको घटना सार्वजनिक गरेपछि सत्य तथ्य पत्ता लगाउन संस्थापक अध्यक्ष राजन प्रधाङ्गनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । सो समितिले झन्डै दुई करोड़ भन्दा माथिको रकम अनियमिता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
श्रेष्ठलाई एनआरएनए जापानको नयाँ नेतृत्वका लागि दाबेदार मानिदै आएको थियो । उहाँले आसन्न नेतृत्वका लागि उम्मेदवारी दिने पक्का गर्नुभएको हो । बाग्लुङ स्थायी घर भएका श्रेष्ठ तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडी समेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्