काठमाडौं, चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ।
श्रेष्ठले पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो।
आइतबार दिउँसो कपुरकोट मिडियाले सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग स्वास्थ्य मन्त्री हुनका लागि २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक गरेको थियो।













प्रतिक्रिया दिनुहोस्