जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार २०:५८

युवा संघको नेतृत्वका लागि तीन जना दावेदार, सहमति जुटाउन एमाले महासचिव शंकर पोखरेल र इञ्चार्ज महेश बस्नेतले थाले गृहकार्य


नेपालगञ्ज, चैत २६ । राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वको बिषयमा सहमति जुटाउने पहल सुरु भएको छ । नवौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएसँगै नेकपा एमालेका महासचिव शंकर पोखरेलले आकांक्षीहरुबीच सहमतिका लागि पहलकदमी लिनुभएको हो ।

युवा संघ नेपालमा अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन । बर्तमान महासचिव क्षितिज थेवेसँगै उपाध्यक्षद्वय अञ्जना अधिकारी र सन्तोष रावल अध्यक्षका लागि आकांक्षी देखिनुभएको हो ।

सोमवारदेखि नेपालगञ्जमा हुन गइरहेको राष्ट्रिय सम्मेलनका लागि महासचिव पोखरेल आज साँझ नेपालगञ्ज आइपुग्नु भएको छ । महासचिव पोखरेलले युवा संघका इञ्चार्ज महेश बस्नेत, अध्यक्ष किरण पौडेलसहित पूर्वअध्यक्षहरु र अध्यक्षका आकांक्षीसँग सहमतिका लागि छलफल अघि बढाउनु भएको हो ।

सहमति नजुटेको अवस्थामा भने चुनावमार्फत नयाँ नेतृत्व चयन हुने छ । सम्मेलनकोउदघाटन एमाले अध्यक्ष केपी शर्मा ओेलीले गर्नुहुनेछ ।