नेपालगञ्ज, चैत २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज आइपुग्नु भएको छ । राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटनको लागि एमाले अध्यक्ष ओली आज बिहान नेपालगञ्ज आउनुभएको हो ।
अध्यक्षको साथमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि कार्यक्रममा भाग लिन नेपालगञ्ज आउनुभएको छ ।
विमानस्थलमा अध्यक्ष ओलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल लगायतले स्वागत गर्नुभएको थियो ।
आज उद्घाटन हुने महाधिवेशन चैत २९ गतेसम्म चल्ने छ । महाधिवेशनमा भाग लिन देशभरका युवा नेपालगञ्जमा जम्मा भएका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न राजनीतिक प्रस्ताव समेत पास गर्दै छ ।













प्रतिक्रिया दिनुहोस्