जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १६:००

एमालेले देशको नेतृत्व गर्छ, अतिवादी शक्ति धेरै समय रहन्न : महेश बस्नेत


नेपालगंज, चैत २७ । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले माओवादीको फाँसीवादी चरित्र विरुद्ध राष्ट्रिय युवा संघ नेपाल टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रिएर नेपाली नागरिकलाई बचाउन सफल भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार नेपालञ्जमा सम्बोधन गर्दै सो संगठनका इञ्चार्ज समेत रहनुभएका बस्नेतले माओवादीले मानिसलाई कुट्ने र काट्ने गरिरहँदा राष्ट्रिय युवा संघ नेपालले यूथ फोर्स गठन गरेर नागरिकको सुरक्षा गरेको बताउनुभयो ।

अतिवादी शक्ति धेरै समय नटिक्ने कुरा इतिहासले प्रमाणित गरिसकेको बस्नेतले बताउनुभयो । ‘आज अतिवादी शक्ति कमजोर भएका छन्’, उहाँले भन्नुभयो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

माओवादी र मधेसवादी भन्ने दलहरू आज एमाले वा कांग्रेसको बैसाखी नटेकी उभिन समेत नसक्ने अवस्थामा पुगेका उहाँले बताउनुभयो । एमालेलाई मधेस प्रवेशमा निषेध गर्नेहरू आफैँ मधेसबाट सकिएका बस्नेतले बताउनुभयो । एमाले मधेसको नं १ पार्टी भएको उहाँले सुनाउनुभयो ।

अहिले नवउदारवादको नाममा युवालाई अराजक बनाउने काम भइरहेको बस्नेतले बताउनुभयो । नेपालको युवा आन्दोलनलाई एमालेले अराजक र अस्थिर हुनबाट जोगाउने उहाँले प्रष्ट पार्नुभयो ।

मुलुकको समृद्धि र विकासको लागि राष्ट्रिय युवा संघ नेपालले सो अभिभार पूरा गरेर अघि बढ्ने बस्नेतले बताउनुभयो । महाधिवेशनले यस विषयमा स्पष्ट नीति कार्यक्रम बनाउने उहाँले प्रष्ट पार्नुभयो ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा देश विकासको उभार आएको उहाँले बताउनुभयो । सडक, सिँचाई, खानेपानी, विद्यालय, निजी आवास र सार्वजनिक संरचना लगायतका पूर्वाधार निर्माण, आर्थिक, सामाजिक विकासको क्षेत्रमा केपी ओलीले महत्पूर्ण काम गरेको उहाँले बताउनुभयो ।

आज देशको अर्थतन्त्र अत्यन्त कमजोर भएको र देश असफलता तर्फ उन्मुख भएको उहाँले बताउनुभयो । एमाले बलियो हुँदा मात्र देशमा रहेको बेथिति अन्त हुने उहाँले दाबी गर्नुभयो ।