काठमाडौं, चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त हुनुभएको छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यले आजबाट कार्यभार सम्हाल्नु भएको छ ।
आचार्य प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएका बेला पनि प्रेस सल्लाहकार हुनुहुन्थ्यो । मन्त्रिपरिषदको पछिल्लो बैठकले आचार्यलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । यसअघि प्रेस विज्ञका रूपमा मनहरी तिमिल्सिना नियुक्त भइसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्