काठमाडौं, २८ चैत्र । गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा ४।१ रेक्टरस्केलको भूकम्प गएको हो।भूकम्पको धक्का गोरखा, लमजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।
यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर ३८ रेक्टरस्केलको भूकम्प गएको थियो।नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।













प्रतिक्रिया दिनुहोस्