जनता टाइम्स

७ भाद्र २०७६, शनिबार १२:२९

दिपकराज गिरीका लागि दिपाश्री निरौला सबैभन्दा माथिको प्रिय साथी


काठमाडौं, भदौं ७ । लामो समय एकसाथ काम गर्दे आएका कलाकार दिपकराज गिरीले नायिका दिपाश्री निरौलालाई निकै मार्मिक शब्दका साथ जन्मदिनको शुभकामना दिएका छन । आज दिपाश्री निरौलाको जन्म दिन हो । जन्मदिनको अवसरमा दीपकले दिपालाई सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा दिपासँगैको तस्विर शेयर गर्दै दिपकले जन्मदिनको शुभकामना दिएका हुन् ।

शुभकामनामा दिपकले आफ्ना साथीमध्ये दिपा सबैभन्दा माथिको साथी रहेको बताएका छन् । आफू शून्य भएको र दिपा अगाडिको अंक भएको दीपकले उल्लेख गरेका छन् । सुगम पोख्रेलको मेरो एउटा साथी छ बोलमा रहेको गीतको केही शब्दमार्फत उनले दिपालाई शुभकामना दिएका छन् ।

आफू लडखडाउँदा समाइदिने, आफ्नो खुशीमा रमाइदिने, पीडामा सँगै रुने समस्याहरु आउँदा साथ दिने साथीको रुपमा दीपकले दिपाको चित्रण गरेका हुन ।‘आफू हारेर पनि मलाई जिताउने मेरो एउटा साथी छ, सबैभन्दा माथि छ,’ जन्मदिनको शुभकामना दिदै उनले लेखेका छन, ‘जन्मदिनको लाखौ शुभकामना संसारकै सबैभन्दा प्रिय साथी ।’

दीपकको स्टाटस जस्ताको तस्तैः

मेरो एउटा साथी छ…
म सून्य हूँ तिमी अगाडिको अंक हौ
म लडखडाउदा मलाई समाउने, मेरा खुशीहरूमा रमाउने
सबैभन्दा माथि छ… मेरो एउटा साथी छ…
मलाइ पीडा हुँदा मसँगै रूने
समस्याहरू सँग लड्दा म सँगै हुने
आफू हारेर पनि मलाइ जिताउने मेरो एउटा साथी छ
सबैभन्दा माथी छ….
जन्मदिनको लाखौ शुभकामना संसारकै सबैभन्दा प्रिय साथी

दिपाले पनि आफ्नो फेसबुकमा दिपक र आफ्नो तस्विर शेयर गर्दै क्याप्सन लेखेकी छिन, ‘छ माया छपक्कै ।’