जनता टाइम्स

३० चैत्र २०७९, बिहीबार १०:१२

ढुंगा लागेर घाइते गुरुङको हेलिकप्टरबाट उद्धार


गोरखा, ३० चैत । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर–३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । पहाडबाट खसेको ढुंगा लागेर गुरुङ गम्भीर घाइते हुनुभएको थियो ।

मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुंगा लागेको हो । उहाँलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

गोरखा–१ का सांसद राजेन्द्र बजगाईले ढुंगा लागेर घाइते गुरूङलाई प्रधानमन्त्री विपद् व्यवस्था कोष कार्यक्रमसँग समन्वय गरी उद्धार गरिएको बताए। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।