जनता टाइम्स

३० चैत्र २०७९, बिहीबार १३:४६

दाहसंस्कार गरेको दुई दिनपछि जिउँदै फर्किए व्यक्ति, प्रहरीका लागि टाउको दुखाई, हत्याका आरोपी पनि छक्क


पटना, ३० चैत । भारत बिहार राज्यको राजधानी पटनाको दिघामा एक व्यक्तिको मृत्युको रहस्यमा प्रहरी फसेको छ । दुई दिनअघि दाहसंस्कार गरिएको शव जिउदैं जिउँदै फर्किएकाले प्रहरी रहश्य खोतल्ने दवावमा परेको छ ।

अरू त अरू यो देखेर हत्याको आरोप लागेका व्उक्तिसमेत छक्क परेका छन् । उनीहरु खुसी पनि छन् । तर, यी सबैका बीच जिउँदै फर्किएका व्यक्ति र उनका परिवारका सदस्य भने शंकाको घेरामा तानिएका छन्।

आइतबार सो क्षेत्रको ८८ नम्बर गेट अगाडि एकजनाको शव विकृत अवस्थामा भेटिएको थियो । त्यसको केही समयपछि आफन्तले शव कुर्जी भागेडा आश्रम गलीका ६५ वर्षीय देवन राईको भएको पहिचान गरेका थिए । सोमबार देवनकी श्रीमतीले पूर्वप्रमुख नीलेश र उनका दुई भाइले श्रीमानको हत्या गरी शव फालेको आरोप लगाउँदै लिखित निवेदन दिएकी थिइन् । प्रहरीले तीनै जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी समेत दर्ता गरेको थियो ।

प्रहरी घटनाको अनुसन्धानमा व्यस्त रहेका बेला देवन मंगलबार जिउदैं घर फर्किएका थिए । उनी घर फर्केको खबर वरपरका मानिसहरूले पाएपछि सबै स्तब्ध भए। हत्याकाण्डमा अभियुक्त बनाइएका पूर्व प्रमुख नीलेश, उनका भाइ र दिघा थानाका प्रहरी पनि घटनास्थल पुगेका थिए । देवन घरबाट बाहिर निस्किरहेका थिएनन् । प्रहरीले गेट तोडेर बाहिर निकालेका थिए ।

त्यसपछि प्रहरीले देवानलाई सोधपुछ गर्न थालेपछि उनले शनिबार एक व्यक्ति आफूकहाँ आएको बताए । तर, उक्त व्यक्तिको नाम भने थाहा नभएको उनले बताए । त्यसपछि ती व्यक्तिले देवनलाई अटोमा बसाएर खगौल लगे । त्यहाँबाट रेल चढेर कानपुर पुगे । त्यहाँबाट फेरि सोही व्यक्तिले उनलाई मंगलबार खगौल स्टेशनमा फ्याँक्यो । त्यसपछि देवन अटोमा कुर्जी पुगे । यसपछि घर फर्किएका थिए ।

प्रहरीले धेरै प्रश्नको जवाफ खोजिरहेको छ
अब देवन जिउँदै छन् भने विकृत शव कसको थियो ? भन्ने रहश्य प्रहरी सामु छ । देवन शुक्रबारदेखि बेपत्ता भएको भन्दै उनका आफन्त पनि त्रसित भएका थिए । जबकि उनी शनिवार घरबाट निश्केका थिए । अपरिचित व्यक्तिसँग कानपुर गएका उनले आफन्तलाई पनि जानकारी दिएका थिएनन् । प्रहरीले उनको भनाइको पुष्टि गरिरहेको छ । देवनको कद फरक छ, जबकि फेला परेको शव फरक थियो । यी सबै विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।