जनता टाइम्स

३० चैत्र २०७९, बिहीबार १७:०५

प्रवासी नेपाली मञ्चको शुभकामना साँझ आज : केपी ओलीको सम्बोधनदेखि चर्चित जनकलाकारसम्मका प्रस्तुती


काठमाडौं, चैत ३० । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले आज शुभकामना साँझ आयोजना गरेको छ । मञ्चले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि बनाएर नयाँ बर्ष २०८० को अवसरमा आज शुभकामना साँझको आयोजना गरेको प्रचार बिभाग प्रमुख उपसचिव चानक पोखरेलले जानकारी दिनुभयो ।

‘नेपालको नयाँ बर्ष २०८० को अवसरमा शुभकामना साँझ आयोजना गरिएको हो,’ पोखरेलले जनताटाइम्स डटकमसँग भन्नुभयो । भर्चुअल रुपमा आयोजना हुने शुभकामना साँझमा अध्यक्ष ओली र अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको सम्बोधनसहित बिभिन्न चर्चित कलाकारहरुको प्रस्तुती रहेको छ ।

शुभकामना साँझमा ख्यातीप्राप्त जनकलाकारहरु माधव प्रधान, जीवन शर्मा, पूर्णकला बिसी र अमृत खातीको प्रस्तुती रहेको छ । यस्तै कार्यक्रममा आगामी बैशाख १० गते हुन गइरहेको तीनवटै उपनिर्वाचनमा सूईध्वाजाबहाक उम्मेदवाहरु बारा २ का पुरुषोत्तम पौडेल, चितवन २ का रामप्रसाद न्यौपाने र तनहुँ १ का उम्मेदवार सर्वेन्द्र खनाललाई अतिथि बनाइएको छ ।

नेपाली समयअनुसार आज साँझ ८ बजेबाट आयोजना हुने कार्यक्रम फेसबुकबाट प्रत्यक्ष प्रशारण हुनेछ । कार्यक्रमको ब्यवस्थापक प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी कला, साहित्य तथा संस्कृति बिभाग रहेको छ ।