काठमाडौं, चैत ३० । नयाँ वर्षको २०८० को उपलक्षमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले आज शुभकामना साँझ सम्पन्न गरेको छ । मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष केपी वलीको प्रमुख आतिथ्यतामा शुभकामना साँझ सम्पन्न भएको छ ।
कार्यक्रमका अतिथि चितवन क्षेत्र न –२ का नेकपा एमाले का उमेद्वार कमरेड राम प्रसाद न्यौपाने ले कार्यक्रममा नयाँ वर्ष २०८० को उपलक्षमा शुभकामना मन्तव्य राख्दै प्रवासमा रहेका कमरेडहरूले नेपालको विकासको निमित्त टेवा पुर्याउने गरी काम गर्नुपर्ने बताउँदै प्रवासमा रहेका श्रमिकहरूको हक हीतको निमित्त नेकपा एमाले सधैं डटेर लागिरहने बताउनु भयो ।
दोहोरो नागरिकताको सन्दर्भमा बोल्दै उहाँले विश्वमा प्रायः कतै नभएको तथा यसले नेपाली समाजमा भ्रमको वातावरण सिर्जना गरेको समेत बताउनु भयो । अहिलेको सन्दर्भमा गठवन्धन तथा अन्तराष्ट्रिय तत्वको घेराबन्दीलाई तोड्दै नेकपा एमालेका उमेद्वारले यो निर्वाचनमा विजयको झण्डा तिनै वटा क्षेत्रमा पÞmहराउन सफल हुने उदघोष पनि उहाँले गर्नुभयो ।
नेकपा एमाले बाहेकका पार्टीले समाज तथा देशको हीतमा कार्य गर्न नसक्ने भएको हुँदा देशमा विकास गरी देशको सपनालाई साकार पार्न सक्षम एमाले मात्र भएको हुँदा नेकपा एमालेका उम्मेदवारलाई जिताउनको निम्ति हर तरहले सहयोग तथा योगदान गर्न पनि उहाँले अपिल गर्नुभयो । कार्यक्रमका अतिथी गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती का अध्यक्ष डा. बद्रि केसीले प्रवासमा छरिएका संगठित सदस्यलाई आवद्ध हुन प्रेरित गर्ने कार्यको सुरुवात पार्टी अध्यक्ष केपी ओलीले गरेको बताउनु भयो ।
नेकपा एमाले को सरकारले स्थापित लोकप्रिय कार्यक्रम सामाजिक सुरक्षा योजनामा प्रवासमा भएका श्रमिकहरू छोटो समयमा पनि धेरै आवद्ध भएका कारण देशको आर्थिक अवस्थामा महत्वपूर्ण टेवा पुर्याउने तथा एनआरएनए नागरिकताको अवधारणा समेत चाँडै आउन लागेको समेत उहाँले बताउनु भयो । उहाँले गैर आवासीय नेपाली संघको सदस्यता लिन आह्वान गर्दै नयाँ वर्ष २०८० को उपस्थित सम्पूर्णमा शुभकामना प्रदान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्