काठमाडौं, १ वैशाख । दुई महिनादेखि भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्नुभएको छ ।
गत ३ फागुनमा खाना पकाउने ग्यास लिएर भएर भएको आगलागीमा परेर जलेपछि भारतमा उपचार गराइरहेका सांसद भण्डारीले भिडियो सन्देशमार्फत नयाँ वर्षको सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सबैको माया सद्भाव, प्रेम र प्रार्थना कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै उहाँले चाँडै नेपालमै आएर स्वास्थ्य उपचार गर्ने बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्