जनता टाइम्स

७ भाद्र २०७६, शनिबार २१:१५

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा निर्वाचित


दोहा, भदौ ७

गैरआवासीय नेपली संघ (एनआरएनए)को नेतृत्वमा मोहम्मद मुक्तदा मुसलमान निर्वाचित हुनु भएको छ । आज भएको निर्वाचनमा उहाले राष्ट्रिय समन्वय समिति (एनसिसी) कतारको २०१९–२०२१ कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

निर्वाचनमा मुसलमानले २ हजार ६६ मत ल्याउनु भयो भने उहाका निकटतम प्रतिद्धन्दी तेज कटुवालले १ हजार १ सय २६ मत प्राप्त गर्नुभयो । मुसलमानले नेतृत्व गरेको समूहले सबै पदमा क्लिन स्विप गरेको छ ।

आइसिसी सदस्यमा रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा र केबी हमाल चयन हुनु भएको छ । यसैगरी प्रथम उपाध्यक्षमा उत्तम गुरुङ विजयी हुनु भयो । उहाले २ हजार १ सय ९३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नारायण भण्डारीले ८ सय ९० भोट ल्याउनु भएको थियो । द्धितीय उपाध्यक्षमा टंककुमार खड्का २ हजार १ सय ५६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी ईश्वर काफ्लेले ८ सय ८७ मत ल्याउनु भयो ।

त्यस्तै, महासचिवमा पदम गिरि विजयी हुनु भयो । उहाले १ हजार ९ सय ५ भोट प्राप्त गर्दा उहाका निकट प्रतिस्पर्धी माया केसीले १ हजार १ सय भोट पाउनु भयो । सचिवमा अपसर खान र नेत्र भुजेल (नियम) विजयी हुनुभयो । कोषाध्यक्षमा विनोद प्रसाद बसौला, सहकोषाध्यक्षमा तनबिर आलम, युवा संयोजकमा रविन मगर विजयी हुनुभयो । महिला उपाध्यक्षमा सरिता भण्डारी र महिला संयोजकमा अम्बिका खत्री यसअघि नै निर्विरोध चयन भईसक्नु भएको छ ।