जनता टाइम्स

८ भाद्र २०७६, आईतवार ०८:११

काश्मिर जादै गरेका राहुल गान्धीलाई श्रीनगर विमानस्थलबाटै फिर्ता


 

काठमाडौ, भदौ ८ भारत सरकारले धारा ३७० खारेज गरेपछि पहिलो पटक जम्मू–कश्मीर भ्रमणमा निस्केका कांग्रेस नेता राहुल गान्धीसहितको विपक्षी दलको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले श्रीनगर विमानस्थलबाटै फिर्ता पठाएको छ ।

गान्धीसहित ११ जना नेताको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले विमानस्थलबाट बाहिर निस्कन प्रतिवन्ध लगाएपछि उनीहरु त्यहाँबाट फर्किए । आफूहरुलाई त्यहाँका नागरिकसँग भेट गर्न नदिएपछि राहुलसहितका नेताहरुले पत्रकार सम्मेलन गरे । राहुलले पत्रकारसँग कुरा गर्दै यो घटना अत्यन्त दुःखद भएको बताएका छन् ।

‘मलाई राज्यपालले जम्मू–कश्मीर आउनका लागि निमन्त्रणा गरेका थिएँ । मैले स्वीकार गरे । उनले सबै कुरा सामान्य छ भनेका थिए। उनले मेरा लागि एक हवाईजहाज पठाउँछु भनेका थिए । यसमा मैले उनलाई धन्यवाद दिएर विमान नचाहिने तर आफू आउने बताएको थिएँ । म विपक्षीका वरिष्ठ नेताहरुसँग त्यहाँ गएको थिएँ । हामी सबै त्यहाँका मानिसहरुसँग भेट्न चानथ्यौँ । मानिसहरु कुन परिस्थितिमा छन् हामी जान्न चाहन्थ्यौँ र उनीहरुलाई सहयोग गर्न चाहन्थ्यौँ । तर दुर्भाग्य हामीलाई एयरपोर्टबाट अगाडि जान अनुमति दिइएन । वास्तवमा यो एक दुःखदायी घटना हो ।