काठमाडौं, ४ वैशाख । सरकारले संघीय निजामती सेवा ऐन चाँडै संसदमा पेस गर्ने तयारी गरेको छ । यसबारे सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय सभालाई जानकारी गराएकी छन् ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले सरकारले चाँडै नै संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने तयारी गरेको जानकारी दिनुभएको हो ।
निजामती सेवा ऐन अहिले कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको उहाँको भनाइ छ । मन्त्री शर्माले ऐनले कर्मचारी सरुवाको विषयर्लाव्यवस्थित बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्