काठमाडौं, बैशाख ११ । उपनिर्वाचनको मतगणना भइरहँदा प्रमुख तीन दलका प्रमुख नेता सिंहदरवारमा छलफलमा जुटनु भएको छ ।
संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलका नेताहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जुटनु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ । यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी हुनुभएको छ ।
एमालेले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश नियुक्तिको सिफारिस गर्नुअघि संसदीय सुनुवाइ विशेष समिति गठन गर्नुपर्ने अडानमा छ त्यस्तै विषयगत समितिको सभापतिमा समेत सहमतिका लागि एमालेले प्रस्ताव राखेको छ ।
सत्तारुढ गठबन्धनले हलो अडकाएर गोरु चुटने काम गरेको भन्दै एमालेले पहिला संसदीय सुनुवाई बिशेष समिति गठनको अडान राखेको हो । आजको बैठकमा यही बिषयमा छलफल भइरहेको हो ।














प्रतिक्रिया दिनुहोस्