जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १६:३९

एनआरएन जापानको बरिष्ठ उपाध्यक्षमा अनिता गुरुङको उम्मेद्वारी घोषणा


जापान, भदौं ८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । एनआरएनए जापानको हालको उपाध्यक्ष तथा तमु धीं अध्यक्ष नेपाली समुदायको हितको लागि काम गर्दै आउनु भएकी अनिताले आगामी कार्य समितिको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गर्नुभएको हो ।

गुरुङले आफुँ सबै प्रकारले सक्षम व्यक्ति नहुन सक्ने भएपनि उद्धेश्य या भिजनमा प्रष्ट भएको भन्दै उहाँले मतदातासँग सुझाव र सल्लाहसहित सहयोगको लागि अपिल गर्नुभएको छ । ‘बिदेशी भुमिमा रहदै गर्दा सामाजिक अभियानमा हात र साथ दिने क्रममा जुन साथ पाएकी छु, यसको लागि हृदयदेखि आभार प्रकट गर्न चाहान्छु,’ गुरुङले भन्नुभएको छ ।

यस्तो छ अनिताको अपिल

सम्पूर्ण जापानबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा,
सादर नमस्कार ।

म अनिता गुरुङ, एनआरएनएको अभियानमा जोडिएर सामाजिक कार्यहरूमा हात बढाउदै जांदा कार्यसमितिको सदस्य, महिला संयोजक, हाल महिला उपध्याक्ष रहदै आएकी छु । तर, केही समय यस अभियानमा हिड्दै गर्दा पनि सामाजिक कार्यको सिमाहरू कोरिन खोज्दा लगभग ७ महिना जति खुलेर कामकाज गर्नबाट बन्दिज हुन पुगे तर अभियानका अग्रजहरू, साथीभाईहरू, सम्पूर्ण शुभचिन्तकहरूको अपार साथ, सहयोगले पुनः संस्थामा जोडिन पुगेको छु । यहाँहरू प्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।

यसै क्रममा एनआरएनएको २०१९–२०२१ कार्यकालको लागि आसन्न अधिवेशन नजिकिदै गर्दा मेरो शुभ चिन्तकज्युहरूको कौतुहल बढि नै भएको हुंदा र प्रदेशी भुमिमा रहुन्जेल यहाँहरू संग नजिक भई सामाजिक अभियानमा पहिला झै जोडिरहनको लागि महिला दिदी बहिनीहरूलाई प्रोत्साहन गर्दै म आफु यस कार्यकालको लागि बरिष्ठ उपध्याक्ष पदको उम्मेद्वार घोषणा गर्दछु । सदा झै यहाँहरुको न्यानो साथ र सहयोग अपेक्षा राखेकी छु ।