जनता टाइम्स

१४ बैशाख २०८०, बिहीबार ११:५०

सुनसरी प्रहरीद्धारा ३ सय ३७ फरार अभियुक्तहरु पक्राउ


इटहरी, १४ बैशाख । सुनसरी प्रहरीले ३ सय ३७ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

आर्थिक बर्ष २०७९/८० को भित्र ३ सय ३७ फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

बुधवार मात्रै सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभएको हो ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरुलाई पक्राउ गर्ने क्रममा हिजो मात्रै २२ जना पक्राउ परेका हुन ।

पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । थप फरार प्रतिवादीहरु पनि पक्राउ गरिने राईले जानकारी दिनुभएको छ ।